२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट ५ सय १ जना ११ वटा सवारी साधनको प्रयोग गरी अर्घाखाँची भित्रिए



अ+ अ-

अर्घाखाँची । काठमाडौंबाट बुधबार एकैपटकमा ५ सय १ जना ११ वटा सवारी साधनको प्रयोग गरी अर्घाखाँची आएका जिल्लावासीलाई स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइनमा आवश्यक व्यवस्थापन गरी राख्ने निर्णय भएको छ । विपत् व्यवस्थापन तथा कोभिड–९ को रोकथाम नियन्त्रण तथा उपचार विशेष समितिको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललेको अध्यक्षतमा बसेको बैठकले यस्तो निर्णय गरको हो ।

कोरोना संक्रमणको बढ्न सक्ने सम्भावना र जोखिम हुने भएकाले उनीहरूलाई स्थानीय तहका पालिका र वडास्तरमा निर्माण भएका क्वारेन्टाइनमा राखी वडास्तरमा रहेको क्वारेन्टाइन सञ्चालन तथा ब्यवस्थापन समितिहरूले नै उनीहरूलाई व्यवस्थापन गर्ने बताइएको छ । उनीहरू जिल्ला भित्रिएसँगै शीतगंगा नगरपालिकाको डोहोटेमा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरी प्रहरीको स्कटिङमा सन्धिखर्क ल्याई स्थानीयतहसँग समन्वय गरी क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

प्रजिअ पौडेलले भने, ‘हामी जो जहाँ छाैं, त्यही नै रहेर लक डाउनको पूर्ण पालना गरौँ, विपत्को सामना सामूहिक प्रयत्नबाट सम्भव छ, । सबै सचेत भई सरकारको मापदण्डमा रही अनुशासनपूर्वक बसौँ र अरूलाई पनि सचेत गराउऔँ ।’ यसअघि पालिकाहरूले निर्माण गरेको क्वारेन्टाइनमा पछिल्लो समय ४७ जना व्यक्तिहरू बस्दै आएको अहिले काठमाडौंबाट एकैपटक ५ सय १ जना जिल्ला आएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए । काठमाडौंबाट जिल्लामा आउने क्रम चलिरहेको छ । केही व्यक्तिहरू लक डाउनको पूर्णपालना नगरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासनले सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि सबै पालिका तथा वडाहरू कडाइपूर्वक कार्यान्वयन नगरी होम क्वारेन्टाइमा बस्न लगाइएको जनाइएको छ । सस्तो लोकप्रियताका लागि आपूmअनुकूलको काम भइरहेको देखिन्छ । यो माहामारीको उच्चजोखिमको वेलामा राजनीति गर्ने वेला होइन, सबै पक्ष जिम्मेवार बन्नुपर्छ, दूरदर्शिता र वुद्धिमतापस्र्वक काम गरिएन भने भविष्यमा ठूलो संकट आउन सक्छ । सौर्य दैनिक