१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू धन्यवाद, पार्टी फुटाउँछु भन्नुभएको थियो, हामी जुट्यौं : भण्डारी



अ+ अ-

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

बिहीबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा दल दर्ता गर्न पुगेका भण्डारीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएकोमा आफूहरू जुटेको बताए।

‘उहाँले पार्टी फुटाउन अध्यादेश ल्याउनुभएको थियो। हामी जुट्यौं,’ भण्डारीले भने,‘धन्यवाद प्रधानमन्त्रीज्यू।’

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ।