२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको एक महिना पुरा, संक्रमितको सख्या ४५ पुग्यो



अ+ अ-

काठमाडौ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटक थप भएर बैशाख १५ गतेसम्म पुर्याइएको छ ।

लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ । ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । लक डाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेको छैन् । सवारी साधन बन्द भएपनि हिडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ ।

उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्रि गल्लिहरुमा केही खाद्यन्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ ।