२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनमै कोरोनालाई जिते सनसिटी अपार्टमेन्टका दुई ब्याक्तिले



अ+ अ-

काठमाडौं । काठमाडौको प्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित निको भएका छन्। उनीहरू बिहीबार दिउँसो डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई वैशाख १ गते र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

पालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका यिनीहरू अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन् । अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।