१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन कोरोना



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमकी एक महिला कोरोनालाई जितेर घर फर्किएकी छन्। बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका– १ की ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा १२ दिन बसेकी महिलालाई चैत २२ गते कोरोना पुष्टि भएको थियो। लगातार दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।