१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुपर्छ



अ+ अ-

काठमाडौं । सरकारमा नरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ६ नेताहरुको भेलाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार भैंसेपाटीमा भेला भएका नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले जारि गरेको
अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

भैंसेपाटीमा सरकारमा नरहेका सचिवालयका ६ नेताहरु अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको थियो । नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ ।

बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।