१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीका असन्तुष्ट नेता नवगठित पार्टीमै सीमित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरू अन्य दल नखोल्ने भएका छन् । उनीहरूसमेत एकीकृत पार्टीमै महत्त्वपूर्ण जिम्मेवारीका साथ काम पाउने जनता समाजवादी पार्टी स्रोतको दाबी छ । राजपाबाट राजकिशोर यादव, अनिल झाका साथै समाजवादीबाट रेणु यादव, इस्तियाक राइन, प्रदीप यादवलगायत नेताहरू आफ्ना तत्कालीन पार्टी नेतृत्वबाट असन्तुष्ट छन् । उनीहरूले छुट्टै दल गठन गर्ने तयारी पनि हाललाई स्थगित गरेको स्रोतको दाबी छ ।

रेणुले छुट्टै दल गठन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेकी थिइन् । समाजवादी पार्टीका १७ मध्ये आठ सांसद लिएर छुट्टै दल गठन गर्ने र एक मन्त्री, एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने योजना थियो । तर, रेणुको योजना डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर असफल बनाएपछि सबै असन्तुष्ट नेता एकीकृत जनता समाजवादीमै फर्किने तयारी भएको हो ।

उता, समाजवादीसँग एकीकरण गर्न नहुने भन्दै पहिलेदेखि नै आपत्ति जनाउँदै आएका राजपाका राजकिशोर र अनिलसमेत जनता समाजवादीमै महत्त्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । राजपा अध्यक्ष मण्डलको सदस्यसमेत रहेका राजकिशोर र अनिलले एकीकरण घोषणामा सहभागी नहुनुका साथै सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छैनन् । यी दुवै नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिँदै एकीकृत पार्टीमै राख्ने र उनीहरू समेत सहमत भइसकेको स्रोतको दाबी छ । राजधानी दैनिक