१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले जन्माइन् मृत शिशु



अ+ अ-

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।

शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ । “अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन”, उनले भने, “मृत शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।” क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ ।