१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमै फेल



अ+ अ-

कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी मानिएको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमा फेल भएको भएको खबर छ । यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको जानकारी पाइएको हो ।

रिपोर्टका अनुसार कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधी दिइयो भने बाँकी ७९ लाई प्लेसीबो । एक महिनापछि उक्त औषधी लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भयो ।

रिपोर्टका अनुसार रेमडेसिवियर औषधी दिएका बिरामीको रगतमा भाइरस कम भएनन् । यो फेल भएको रिपोर्ट विश्व स्वास्थ्य संगठनले विस्तारपूर्वक प्रकाशित गरेको थियो यद्यपि, पछि डब्ल्यूएचओले उक्त ड्राफ्ट गल्तीपूर्वक अपलोड भएको बताउँदै रिपोर्ट हटाएको छ ।