२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः सरकारले फिर्ता लियो दुबै विवादास्पद अध्यादेश



अ+ अ-

काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्ण गरेको हो । चौतर्फि बिरोध पछि सरकार अध्यादेश फिर्ता लिने अबस्थामा पुगेको हो ।

गत बैशाख ८ गते सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार अध्यादेश फिर्ता लिन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने आग्रह गर्ने छ र राष्ट्रपतिले खारेज गर्नु हुने छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।