काठमाडौँ । राष्ट्रपति भवन शितल निवास अहिले देशकै प्रमुख केन्द्र बनेको छ । अहिले जनता सबैको नजर यहाँ परिरहेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । उनको केहीबेरमै शपथ ग्रहण हुँदैछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी ऐतिहासिक रुपमा पहिलो महिला प्रधानमन्त्री हुन सफल भइन् ।
अहिले यहाँ बाक्लो संख्यामा सञ्चारकर्मीको उपस्थिती छ । देशबाहिरबाट पनि बाक्लो संख्यामा पत्रकार आएका छन् ।















