२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको समयमा मृगौलाका विरामीले नियमित सेवा लिँदै



अ+ अ-

काठमाडौं । भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिइरहेको छ ।

लक डाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन् । दैनिक तीन सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ । अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन् । लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो । तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिनुभयो ।

केन्द्रले जनाएको छ । केन्द्रमा डाइलासिस गराउने प्रतिक्षासूचीमा भने एकसय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लक डाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन् । दिनमा पाँचदेखि सातजनासम्म आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । केन्द्रमा मृगौला तथा कलेजो प्रत्यरोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मृगौला बिरामीहरु प्रभावित हुन थालेका छन् ।