२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भन्यो : अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब सांसद अपहरण गर्नेलाई कार्वाही हुनु पर्छ



अ+ अ-

काठमाडौं। सरकारले अध्यादेश फिर्ता गरेर गल्ति सच्याएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन । सरकारले सोमाबर संवैधानिक व्यवस्था विपरित संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश ल्याएपछि कांग्रेसले फिर्ता लिन माग गरेको थियो ।

केन्द्रीय प्रचार विभागका संयोजक समेत रहेका शर्माले शुक्रबार ट्वीटरमार्फत अपहरण शैलीमा सांसद उठाउने कार्यामा संलग्नलाई कार्वाहीको माग गरेका छन । शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरेर नागरिकको जीवन जोगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिदै भनेका छन अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !

प्रधानमन्त्रीजिलाई जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं िपहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला ।