काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
उनको आजै सपथ हुने बताइएको छ ।
कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेसँगै सहमति जुटेको हो ।
स्रोतका अनुसार शितल निवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।
राजनीति दलहरुले यही संसद्भित्रबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपतिसमक्ष सुझाव दिएका थिए ।
तर, काठमाडौंका मेयर बालेन शाहले भने सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए ।










