५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जीले लखेटेका पात्रसँग परामर्श गरी निकास खोज्ने प्रयास धोखा हो : मोहन श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जेन–जी पुस्ताको निशानामा परेका र लखेटिएका पात्रसँग पारमर्श गरी वर्तमान संकटको निकास खोज्ने प्रयास गरिने धोखा भएको बताएका छन् ।

उनले लखेटिएका पात्रसँगको परामर्श, सल्लाह र निर्देशनमा वर्तमान संकटको समाधान नहुने दाबीसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा आज आफ्नो धारणा सार्वजनिक गर्दै राप्रपाका प्रवक्ता श्रेष्ठले परम्परागत शैलीमा निकास खोज्ने प्रैयास गरिने नवयुवाको विद्रोह, ३४ युवा सहिदको बलिदान र हजारौं घाइतेको अपमान भएको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

GEN Z पुस्ताको निशानामा परेका र लखेटिएका पात्रहरुसंगको परामर्श, सल्लाह र निर्देशनमा वर्तमान संकटको समाधान र राजनीतिक निकास खोज्ने प्रयास गरिनु नवयुवाको विद्रोह, ३४ महान युवा शहीदको बलिदान र हजारौं घाइतेको अपमान हो, धोखा हो ।

No Compromise Gen Z.