काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जेन–जी पुस्ताको निशानामा परेका र लखेटिएका पात्रसँग पारमर्श गरी वर्तमान संकटको निकास खोज्ने प्रयास गरिने धोखा भएको बताएका छन् ।
उनले लखेटिएका पात्रसँगको परामर्श, सल्लाह र निर्देशनमा वर्तमान संकटको समाधान नहुने दाबीसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा आज आफ्नो धारणा सार्वजनिक गर्दै राप्रपाका प्रवक्ता श्रेष्ठले परम्परागत शैलीमा निकास खोज्ने प्रैयास गरिने नवयुवाको विद्रोह, ३४ युवा सहिदको बलिदान र हजारौं घाइतेको अपमान भएको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
GEN Z पुस्ताको निशानामा परेका र लखेटिएका पात्रहरुसंगको परामर्श, सल्लाह र निर्देशनमा वर्तमान संकटको समाधान र राजनीतिक निकास खोज्ने प्रयास गरिनु नवयुवाको विद्रोह, ३४ महान युवा शहीदको बलिदान र हजारौं घाइतेको अपमान हो, धोखा हो ।
No Compromise Gen Z.










