काठमाडौं । काठमाडौँको तीनकुनेमा एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनीहरू झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेर मृतक दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी भएको छ । उनीहरुको परिचय खुलेको छैन ।










