१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न प्रधानसेनापतिले भनेपछि जेनजी आन्दोलनको एक समुहमा असन्तुष्टि



अ+ अ-

काठमाडौं। नेपाली सेनासंग छलफलमा रहेको जेनजी आन्दोलनको एक समुह बाहिरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देल सहित सैनिक नेतृत्वसंग छलफल गरिरहेको एक समुह नेपाली सेनाको मुख्यालयबाट बाहिरिएको हो । जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले प्रधानसेनापति अशोक राज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीसंग पनि छलफल गर्न भनेपछि वार्ता छोडेर बाहिरिएको सामाजिक संञ्जालमा लेखेकी छिन् ।

बमले सामाजिक सञ्जालमा लेखेकि छन्-

‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो ,उहाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर छलफलका निम्ति तयारी गरिरहेका छौं ।’