२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड सहयोग



अ+ अ-

काठमाडौं । कोरोना उपचार तथा नियन्त्रण कोषमा शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ । आइतबार कोषका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिवलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मुलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’

फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।