३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान



अ+ अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ ।

उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

प्रधान सेनापति सिग्देलले वर्तमान असहज परिस्थितिलाई सामन्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा एवं नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

उहाँले नेपालको इतिहासदेखि नै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना कतिबद्ध रहँदै आएको स्मरण गराउनुभएको छ ।

नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा हुन पुगेको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ । रासस