८ भाद्र २०८३, सोमबार
,
Latest
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दे आन्दोलनरपक्षलाई वार्ताको लागि आब्हान गर्नुभएको छ ।

प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गर्नुभएको छ ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो ‘जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।’

सम्बोधनमा सिग्देलले भन्नुभएको छ हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो।’

यसै बिच सैनिक जनसम्र्पक निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे आज रातिबाट सेना परिचालन हुने जनाएको छ ।

नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि नगर्न सेनाले आग्रह गरेको छ ।

यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण आजै रात १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन सेनाले अपील गरेको छ ।