काठमाडौं । नेपाली सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।
बिज्ञप्तिमा भनिएको छ
काठमाडौं । नेपाली सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे
राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ।
बिज्ञप्तिमा भनिएको छ हाल भइरहेको जेनजी आन्दोलन सम्बन्धी घटनाक्रमलाई नेपाली सेनाले गम्भीर रूपमा विश्लेषण गरिरहेको छ।
सेनाले आन्दोलनको क्रममा ज्यान गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
सेनाले नेपाली जनता र नेपालको हित तथा सुरक्षामा आफ्नो प्रतिबद्धता पुन: व्यक्त गरेको छ।
यो संवेदनशील अवस्थामा सबै नेपालीलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरिएको छ।
राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको भन्दै नेपाली सेनाले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।










