२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५१ कोरोना संक्रमितमा १६ जना निको भएर घर फर्किए



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुना मध्ये २ जनाको पोजेटिभ देखिएको छ । संक्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षिय पुरुषहरु हुन् । अहिले उनीहरुको उपचार भइरहेको छ ।

आइतबार ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल विरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष एक जना १२ औं दिन र तीन जना भारतीय नागरिक ३ जना पुरुष १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए ।

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ । सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका ८ वटै जिल्लामा नमुना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन् । संकलित नमुनाहरुको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक ३ सय ३७ जनाको नमुना परीक्षणका लागि संकलन भइरहेको छ ।

आइतबारसम्म आइतबारसम्मको ५१ हजार ३ सय ६७ वटा नमुना परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ जहार ४ सय ३६ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८, प्रदेश नम्बर २ मा ५ हजार १ सय ४१ र बागमती प्रदेशमा ७ हजार ५ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ प्रदेश नम्बर ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ । १७ हजार २५ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनम रहेका छन् ।