काठामाडौं । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने भएका छन् । उनले अहिले केही बेरमै राजीनामा दिने तयारी गरेका हुन् । तर राजीनामा राष्ट्रका नाममा सम्बोधन गरेर दिने या राष्ट्रपतिसमक्ष बुझाउने भन्ने विषयमा उनले परामर्श गरिरहेको बुझिएको छ ।
प्रधानमन्त्री स्रोतका अनुसार अहिले केही बेरमै राजीनामा दिने भएका हुन् । जेन्जी पुस्ताको आन्दोलन आज थप सशक्त बन्दै गएको र नेताहरुका घरमा नै आक्रमणको तारो बनाएपछि प्रधानमन्त्री राजीनामाको तयारीमा आएका हुन् ।











