१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले त्यागिन् करिश्माले



अ+ अ-

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् ।

फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको भन्दै एमाले त्याग गरेको घोषणा गरेकी हुन् ।

उनी लेख्छिन्-

मानव भएर जन्मिएको नाताले,

मानवता नै मेरो पहिलो प्राथमिकता हो ।

न्याय मेरो पहिलो प्राथमिकता हो ।

आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो ।

र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।

अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।

म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु ।