१३ असार २०८३, शनिबार
,
Latest
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तिन दिनसम्मको मौसमः हावाहुरी चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । आज देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार बिहानैबाट देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिन यस्तो रहने छ मौसम पूर्वानुमानः

बैशाख १५ गते (सोमबार.) दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति स् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्या, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १७ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति स् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैले तीन दिन नै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।