१३ असार २०८३, शनिबार
,
Latest
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा वन कटानी र काठ चोरी तीव्र



अ+ अ-

सर्लाही । लकडाउन सुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ । परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वन विकासकै कर्मचारीले जनाएका छन् । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको एक कर्मचारीले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्कर चोरी शिकारमा लागिपरेको भन्दै तस्कर नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए । छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करले चोरी गरेका काठ तथा वनजन्य पदार्थ सर्लाहीको लालबन्दी, हरिवन, वाग्मती तथा फुलजोरको भित्री बाटो जिल्लाका विभिन्न स्थानका काठ चिरान मिलका साथै छिमेकी देश भारतका विभिन्न बजारमा समेत पुर्याउने गरेका छन् ।

लकडाउनको समयमा वन कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण पनि वन तस्कर थप सक्रिय भएको हुनसक्ने बताइएको छ । सौर्य दैनिक