२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माद्वारा जेन–जी आन्दोलनमा दमनको निन्दा, मृतकप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको घोर निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग दृढ माग पनि गरेका छन् ।

शर्माले जेन–जी पुस्ताको आन्दोलनलाई दमनमार्फत होइन, गम्भीरतापूर्वक सम्बोधन गरी समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् । ढिलाइ आत्मघाती हुने चेतावनी दिँदै उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न माग गरेका छन् ।

उनले २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् । “आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले पटक–पटक पुष्टि गरिसकेको छ,” शर्माले फेसबुकमा लेखेका छन् ।

राजनीतिक दल र सरकारलाई आफ्ना कमजोरी स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बेला आएको उनको भनाइ छ । साथै उनले आन्दोलनमा सहभागी युवालाई संयमित र शान्तिपूर्ण ढंगले आफ्नो आन्दोलन अगाडि बढाउन हार्दिक अपिल गरेका छन् ।