२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गर्यो: सोविता गौतम



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सोबिता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको आरोप लगाउनु भएको छ ।

जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेकामा आक्रोस व्यक्त गर्दे सांसद गौतमले बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलायो। बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो ।

कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो।

यो हत्या हो।

यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो। जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो।

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ। यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो। यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो।




भर्खरै