१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाभित्रकाे रस्साकस्सी जारी, प्रचण्ड भेट्न खनाल पुगे खुमलटार



फाईल फोटो
अ+ अ-

काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंर्घषलाई मत्थर पार्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमतिको संकेत देखिएपछि अर्का नेता झलनाथ खनालको दाैडधुप सुरु भएको छ ।

दुई पक्ष बालुवाटार र कोटेश्वरमा छलफलमा जुटिरहँदा नेता खनाल भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष दहालले प्रधानमन्त्री र राष्ट्रपति दुबै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै माधव नेपाललाई प्रधानमन्त्री र नेता खनाललाई राष्ट्रपति बनाउनु पर्ने कुरा आफू निकट केही नेताहरुसँग राखेका थिए ।

नेपाल समूह र ओली समूहबीच निरन्तरको छलफल र सहमतिको संकेत देखेपछि खनाल पनि आफ्नो भूमिका खोज्दै सक्रियता बढाउन थालेका हुन् । नेता खनालले भैंसेपाटी बैठक अनुसार नै तत्काल स्थायी समितिको बैठक बोलाउनु पर्ने, ओलीले बैठक नबोलाए अर्का अध्यक्ष दाहालले बैठक बोलाउनु पर्ने र हाल देखिएका समस्या र सरकार र पार्टीबीच उत्पन्न संकटका बारेमा ठोस निर्णय लिनु पर्ने बताउँदै आएका छन् ।

पार्टीभित्र शक्ति सन्तुलनका हिसाबमा कमजोर देखिएका खनाल दाहाललाई साथमा लिएर आफ्नो भूमिका देखाउन सक्रिय भएकाे जानकारहरूकाे भनाइ छ ।