१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् । 

उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए । 

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो ।

त्यसपछि फरार रहेका उनलाई ब्यूरोबाट कपनबाट आज पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको जनाइएको छ ।