७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन
अ+ अ-

काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उहाँले उपभोग्यवस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो ।

मुख्यसचिव अर्यालले भन्नुभयो, “चाडपर्वमा उपभोग्यवस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा तपाईंहरु गम्भीर भएर लाग्नुस् ।”

उहाँले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

उहाँले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरूरी रहेकामा जोड दिनुभयो । ‘अनलाइन’मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्रीवितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिनुभयो ।

उहाँले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्न तीनवटै सुरक्षा निकायलाई आग्रह गर्नुभयो । राजस्व छली नियन्त्रण तथा सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन अर्यालले गृह मन्त्रालयलाई समन्वयका लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजस्व छली नियन्त्रण, वस्तु खरिदको वास्तविक बिल बीजकको सुनिश्चित गरिनुपर्छ । वीरगञ्जमा सामान ‘लोड’ हुन्छ । ठमेलमा बिल बन्छ, यो बदमासी कडाइका साथ नियन्त्रण हुनुपर्छ । व्यावसायिक प्रशासनको प्रत्याभूति दिनसक्नुपर्छ । सुनको बदमासीलाई पनि नियन्त्रण गरिनुपर्छ ।”

मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहका प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बजार अनुगमनलगायत क्रियाकलापमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । बैठकबाट भएका निर्णयको कार्यान्वयनको प्रगति समीक्षा गर्न दसैँअगाडि बैठक बस्ने जानकारी दिँदै उहाँले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ क्रियाशील हुन सबैलाई सचेत गराउनुभयो ।

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले चाडपर्वमा महँगी र कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले चाडपर्वलक्षित खाद्य सहजताका लागि देशभर सुपथ मूल्य पसल खोलिने र आपूर्ति व्यवस्थालाई सहज बनाइने विश्वास दिलाउनुभयो । उहाँले उपभोग्य वस्तुको आपूर्ति सहजता र बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्षाले अवरुद्ध सडक सञ्चालन गर्न र सवारी आवागमनलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभयो । उहाँले दसैँमा बसको यात्रालाई व्यवस्थित बनाउन अनलाइन ‘टिकेटिङ’को व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटक व्यवस्थापन र सुरक्षा प्रणाली बलियो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चाडपर्वको समयमा यात्रु आगमनलाई सहज बनाउन विमानस्थलको उडान समयावधि बढाउने र उडान सङ्ख्या थपेर यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउन पहल गरिने बताउनुभयो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्वलक्षित सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । रासस