१३ असार २०८३, शनिबार
,
Latest
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले जाहेरी दर्ता नगरेपछि जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा



अ+ अ-

काठमाडौं । प्रहरीले जाहेरी लिन अस्विकार गरेपछी जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । सांसद अपहरण मुद्धाको जाहेरी दर्ता गर्न मंगलवार जसपा नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो पार्टिका सांसदलाई अपहरण गरेको भन्दै छानबिनका लागी जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दिन पुगेका हुन । सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन आनाकानी गरिरहेको जसपाका नेताहरुले बताएका छन ।

यस अघी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ सहितका नेताहरु जाहेरी दिन जादा महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी लिन अस्विकार गरेको थियो ।

सांसद यादवलाई पूर्व आईजीपी खनाल सहित नेकपा नेताहरु महेश बस्नेत र किशान श्रेस्ठले पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको जसपाका नेताहरुले आरोप लगाउदै आएका छन ।