२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वेन्द्र र महेशविरुद्ध जाहेरी सरकारी वकिल कार्यालयले पनि लिएन



अ+ अ-

काठमाडौं । सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दर्ता गर्न मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका थिए ।

जसपाका नेताहरुले आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहितका नेताअहरुले जाहेरी दिना खोज्दा काठमाडौंस्थित टेकु प्रहरी परिसरले उजुरी दर्ता गर्न दर्ता गर्न नमानेपछि जसपा जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।

सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जसपाका नेताहरुले बताएका छन ।