२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने



अ+ अ-

चितवन। सिमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदायले न्वाँगी (छोनाम) पर्व सामूहिक रुपमा इच्छाकामना गाउँपालिकामा मनाउने भएका छन् ।

नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही भदौ २२ गते पर्ने न्वाँगी पर्व भव्यरुपमा मनाउने तयारी गरेको जनाएको हो ।

चितवनसहित चेपाङ समुदायको बसोबास रहेका जिल्लाहरु मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका चेपाङ समुदायको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । सङ्घका अध्यक्ष गोविन्द चेपाङका अनुसार नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएर खाने गरिन्छ ।

यो चेपाङ समुदायका लागि नयाँ वर्ष पनि हो । यो दिन चेपाङहरुले काँक्रो, अमिलो, पिँडालु÷गाभा, मकै, कागुनो, घैयाधानले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

अध्यक्ष चेपाङले भन्नुभयो, “संस्कार, संस्कृति, भाषा लोपोन्मुख हुँदै छ । यसलाई संरक्षण गर्न हामीले सामूहिक रुपमा न्वाँगी पर्व मनाउने गरेका हौँ ।”

नेपालको सात जिल्लमा ८४ हजार ३६४ जना चेपाङको जनसङ्ख्या छ । जसमध्ये चितवनमा सबैभन्दा बढी ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६०, गोरखामा चार हजार २६८ र बाँकी अन्य जिल्लामा छरिएर बसेका छन् । रासस