१ असार २०८३, सोमबार
,
Latest
गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस क्षेत्र नम्बर २ द्वारा मेडिकल सामाग्री र खाद्यान्न वितरण



अ+ अ-

काठमाडौंः नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मेडिकल सामाग्री र खाद्यान्न वितरण गरेको छ । बिहिबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरिएको हो । सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पीपीई हस्तान्त्रण गरिएको छ । सो क्षेत्रमा पर्ने सबै जसो स्वास्थ्य संस्थामा पीपीई हस्तान्तरण गरिएको छ ।

कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पीपीई वितरण पछि लकडाउनका कारण अलपत्र नागरिकलाई सार्वैजनिक स्थानमा खाना खुवाइरहेका स्थानमा चामल आलु, दाल,नुन लगायतका खाद्य सामाग्री सहयोग गरेका छन् । सो क्षेत्रमा त्यस्ता खाना खुवाइएका १५ स्थानमा पुगेर १ सय बोरा चामल, ५० प्याकेट आलु, दाल,नुन, तेल, केराउलगायतका खाद्य सामाग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिए । त्यस्तै, सर्वसाधारणका लागि करिब २५ सय थान मास्क पनि वितरण गरिएको छ ।

काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नं ३२ र ९ पर्छन् । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र शंकरापुर नगरपालिका पर्छ । ती सबै स्थानीय तहमा पुग्नेगरि राहत वितरण गरिएको हो । १ हजार थान मास्क कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले , १५५ थान पीपीई र १५सय थान मास्क कांग्रेस क्षेत्रीय सदस्य मिनाज खान र खाद्यान्न सामाग्री काठमाडौं २का नेताहरुले सहयोग गरेका थिए ।