४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्न मिल्दैन: शंकर पोखरेल

विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्न मिल्दैन: शंकर पोखरेल
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रश्तुत गर्न नमिल्ने बताउनुभएको छ ।

विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गर्नुभएको हो ।

बुधवार पार्टी मुख्यालय च्यासलमा विधान महावेशनबारे आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो विषयमा पार्टीका उपाध्यक्ष द्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रिय कमिटी बैठकमा फरक मत राखेको भएपनि पार्टी कमिटीको निर्णयमाथिको सो फरक मत विधान महाधिवेशनमा छलफलको विषय गर्न विधानले नदिने जिकिर समेत गर्नुभयो ।

पार्टीका उपाध्यक्ष पाण्डेले सो विषयमा विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरिसकेका छन् । तर महासचिव पोखरेलले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने बताउनु भयो । उहाँले विधान अधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने उल्लेख गर्नुभयो । पार्टी निर्णयको असहमती पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्न उचित हुने उहाँको भनाई थियो ।

महासचिव पोखरेलले भन्नुभयो, विधान महाधिवेशनमा फरक मतको अनुमान नगरौँ । अहिले दस्तावेजमाथिको फरकमत आइपुगेको छैन । निर्णयमाथिको फरक मत हो । दस्तावेजको छलफलमा त्यो फरक मत हुँदैन । किनकी निर्णयमाथिको फरक मत र दस्तावेजमाथिको फरक मत फरक विषय हुन भन्ने कुरा त हामी बुझदछौं । त्यस अर्थमा अहिले जे आएको छ । त्यसलाई त्यही रुपमा बुझौं । केन्द्रिय कमिटीको निर्णयमाथि दुई जना उपाध्यक्ष कमरेडहरुको फरक मत छ । त्यो कुरा बाहिर पनि आएको छ । हामीले पनि जानकारी गरायौं । फरक मतको छलफल गर्ने हाम्रा विधिहरु छन । हाम्रो आफ्नो बैधानिक व्यवस्था छ । नियमावलीले फरक मतलाई कसरी छलफल गर्ने पनि भनेको छ ।

कहिलेकहीँ अतिरिक्त चर्चा परिचर्चा हुने गर्दछ । कुनै पनि तहको अधिवेशनहरुमा राखिने फरकमतहरु सम्बन्धित तहको अधिवेशनहरुमा छलफल गर्ने प्रबन्ध पार्टी नियमावलीले गरेको छ । त्यस अर्थमा कसैले फरक मत राख्नु भयो भने सम्बन्धित अधिवेशनमा फरक मतमाथि छलफल गर्ने हाम्रो वैधानिक व्यवस्था छ । त्यस अर्थमा अव फरक मत आयो भने वैधानिक व्यवस्था अन्तर्गत छलफल हुन्छ । अहिले निर्णयमाथिको असहमती भएको हुनाले विचार माथिको असहमती होइन भन्ने मैले बुझेको छु ।

केन्द्रिय कमिटीको निर्णयमाथिको असहमतीको विषय विधान अधिवेशनको विषय बन्छ कि बन्दैन भन्ने खालको कुरामा विधान अधिवेशनमा दस्तावेजमाथि मात्रै छलफल हुन्छ । केन्द्रिय कमिटीको निर्णयमाथि छलफल हुने अधिवेशन होइन । त्यस अर्थमा राष्ट्रिय महाधिवेशनको सन्दर्भमा त्यहाँ निर्णयहरुको अनुमोदन गर्ने भएकाले त्यतिवेला त्यहाँ निर्णयहरुमाथिको छलफल हुन सक्ला, उचित होला । अहिलेको हकमा चाँही दस्तावेजमाथिकै छलफल हुने बुझाई पार्टीको रहेको छ । केन्द्रिय कमिटी बैठकमा फरक मतका रुपमा २ जना उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुँदैन । र उहाँको पार्टी सदस्यता नविकरण गर्ने कुरा अस्विकार गर्नु पर्दछ भन्ने विषयमाथि असहमती राख्नु भएको छ ।

कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्तावेजको विषय होइन । त्यस अर्थमा त्यो विषय दस्तावेजको फरक मत हो कि होइन भन्ने विषयमा तपाईहरुको जिज्ञासा हो भने दस्तावेजमाथिको फरक मत होइन, निर्णयमाथिको फरक मत हो । निर्णय माथिको फरक मत विधान महाधिवेशनमा गर्ने कि राष्ट्रिय महाधिवेशनमा गर्ने भन्ने विषय सचिवालयको बैठकले निरुपण गर्ला । किनकी कुनै शिन्दुमा राष्ट्रिय महाधिवेशनमा निर्णयहरुका विषयमा छलफल गर्न पाइन्छ । अव मतको हिसावले दस्तावेजमाथि फरक मत नभएको हुनाले दस्तावेजमाथि छलफल हुने विधान महाधिवेशनमा त्यसलाई प्रश्तुत गर्ने कि पछि छलफल गर्ने भन्ने कुराको सचिवालयको बैठकमा टुंगो लाग्ला ।

तर मतको हिसावले भन्नु हुन्छ भने त्यो निर्णयमाथिको असहमती हो । विचारमाथिको असहमती होइन । त्यसकारण विचार र निर्णयबीचको भिन्नतालाई हामीले बुझनु पर्दछ भन्ने मलाई लाग्दछ । जहाँसम्म स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले विधानहरुकै प्रावधानहरुको सन्दर्भमा असहमती राख्नु भएको छ । त्यो विधानको सन्दर्भमा उहाँले छलफलका क्रममा उठाउन सक्ने विषय छदैछ । त्य विषयमा पनि सचिवालय बैठकले निरुपण गर्ला । अरु नेताहरुले फरक मत प्रश्तुत गर्नु भएको छैन ।’

यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले दोस्रो राष्ट्रिय विधान अधिवेशन गर्दैछ । अधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रश्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । महासचिव पोखरेलले सोही विषयमा केन्द्रित रहेर विधान महाधिवेशनमा छलफल हुने कार्यसूचि रहेको बताउनु भयो । एमालेले विधान महाधिवेशनमा लागि हुने खर्च पार्टी केन्द्रिय कमिटीले नै व्यहोर्ने जनाएको छ ।