३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

चीनद्वारा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू प्रदर्शन

चीनद्वारा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू प्रदर्शन
अ+ अ-

एजेन्सी । चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।

चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए ।

चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्‍यो ।

बीबीसीले रिपोर्ट गरेको छ कि परेडमा हाइपरसोनिक ग्लाइड भेहिकल, वाईजे–२१ एन्टी–शिप क्रूज मिसाइल र जेएल–३ पनडुब्बी–प्रक्षेपित ब्यालिस्टिक मिसाइलहरू समावेश थिए ।

यस्तै, डिएफ–फाइभसी आणविक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको उन्नत संस्करण ६एफ पनि प्रदर्शन गरिएको थियो । यो मिसाइलले अमेरिकालाई समेत प्रहार गर्न सक्छ ।

यो चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड हो ।विश्वका २५ देशका नेताहरू मञ्चमा देखा परेका थिए । रिपोर्टका अनुसार यस परेड मार्फत बेइजिङले यो अमेरिकाको विकल्प हो र विश्वका गैर–पश्चिमी देशहरूको नेतृत्व गर्ने शक्ति राख्छ भनेर प्रमाणित गर्‍यो ।