७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

नेपथ्य युरोप यात्रा पोर्चुगलमा हलभरि मायाको खुसी र आँसु

नेपथ्य युरोप यात्रा पोर्चुगलमा हलभरि मायाको खुसी र आँसु
अ+ अ-

लिस्बन: भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो 

गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरुङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा पनि हाम्रा निम्ति यहाँ बस्नेहरूमा देखिएका खुसीका यी आँसु र हाँसोको मूल्य नै बढी छ ।

दर्शक पनि अनुमान गरेकोभन्दा ठूलो सङ्ख्या जुटेको जानकारी उनले दिए 

 अवसरको खोजीमा युरोपको यो कुनासम्म आइपुगेका नेपालीमाझ नेपथ्य कन्सर्टको माहोल केही दिनअघि नै सुरु भइसकेको थियो । कतिपयका भोगाइ आफैँमा कथाजस्ता थिए । जस्तो किमनीष रायमाझी 

छ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनीषले केही वर्षअघि शिरफूल शिरैमा’ सुनेका थिए । लगत्तै गीतमा उल्लिखित रुट पछ्याए । स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे ।
नेपथ्यले मला मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दिने गरेको छ,’ मनीष भन्छन्, ‘यस्तो ब्यान्ड पोर्चुगल आउन लागेको जानकारी पाएकै क्षणदेखि म खुसी थिएँ 

अन्ततः आइतबारको रात प्रतीक्षाको त्यो घडी सामुन्ने आइपुग्यो । बेलुकी लिस्बोआ अओ भिभो’ हलका ढोकाहरू खुले । हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो । मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत सुरु भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो नेपथ्यनेपथ्य। त्यही नाराका बीच मञ्चमा गायक अमृतले पहिलो कोसेली सुनाए कोशीको पानी यो जिन्दगानी। त्यसलाई भेँडाको ऊनजस्तो’ र छेक्यो छेक्यो ले निरन्तरता दिए 
दुवै तर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो 

हामी नेपाली जहाँ गए पनि भाषाले एकापसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यस भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है 
कन्सर्टमा ३३ वर्ष पहिले नेपथ्यले तयार पारेको ब्यान्डकै पहिलो गीत आँगनैभरि’ देखि केही महिनाअघि मात्र सार्वजनिक गरेको कर्नालीका छाइला’ सम्ममा दर्शक उत्तिकै रमाएर नाचे । जोगले हुन्छ भेट’ जस्ता कतिपय गीतमा सुरुदेखि अन्त्यसम्म सिङ्गो दर्शक जमातले साथमा साथ मिलाएर गाएको थियो 

किबोर्डको धुन बज्नेबित्तिकै अब यो जिन्दगानी’ गाइँदै छ भन्ने भेउ दर्शकले पाइसकेका थिए । यो गीत प्रस्तुत गर्ने क्रममा अमृतले स्वदेशमा पढ्ने अवसर नपाएका केटाकेटीका निम्ति सक्दो योगदान गर्न युरोपका मनकारी दर्शकलाई अनुरोध पनि गरे 

दर्शक घेरामै बेल्जियमको राजधानी ब्रसेल्सदेखि आएका दावा शेर्पा पनि थिए 

बेल्जियममा हुने कन्सर्टमा सहभागी हुन नभ्याउने भएपछि म पोर्चुगलकै शो भ्याउन आइपुगेको हुँ,’ दावा भन्दै थिए, ‘आफू बसेको ठाउँमा सबैजसो नेपाली कार्यक्रम हेर्ने गरेको भए पनि यस ब्यान्डका मामलामा चाहिँ यसरी लामै यात्रा गरेरै भए पनि छुटाउन मन लागेन 

कन्सर्ट हेरिसकेपछि चिताएको भन्दा बढ्ता रमाइलो र ऊर्जावान् लागिरहेको प्रतिक्रिया उनले दिए 

कन्सर्टमै पोर्चुगलका सफल रेस्टुराँ व्यवसायी सेफ ङ्क सापकोटाजस्ता दर्शक पनि थिए, जसले आफ्नो परिवार मात्र नभ आफ्नो रेस्टुराँमा कार्यरत सहकर्मीले नेपथ्यको आनन्द लिन् भन्दै ७५ वटा टिकट एक्लैले काटेका थिए  उनी रेस्टुराँ नै बन्द गरेर आफ्ना सहयोगी सहकर्मीहरूसहित आएका थिए 

मला अमृत दाइको सरल स्वभाव असाध्यै मन पर्छछोरालाई प्रेरणा मिलोस् भनेर उसलाई म उनको जीवनबारे सधैँ भनिरहन्छु,’ सापकोटाको भनाइ थियो, ‘जीवनमा एकचोटि अनुभव गर्नैपर्ने यस्तो कार्यक्रमबाट सकभर कोही ञ्चित नहोऊन् जस्तो लागेर भएजति आफ्ना सबैलाई ल्याएको छु।

 अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि नेपालका पर्यटकीय स्थलका महत्त्वको बयान गर्दै बिदामा घर गएको बेला पदयात्रा गर्न दर्शकलाई आह्वान पनि गरेका थिए 

 कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए 

पोर्चुगलको सफलतासँगै १४ सदस्यीय कलाकारप्राविधिक र व्यवस्थापनको टोली अर्को मुलुक बेल्जियम पुगिसकेको छ । सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित एइडी स्टुडियोजको स्टुडियो सेभेन मा अबको प्रस्तुति रहनेछ ।

बेल्जियमको प्रस्तुतिसँगै एक महिनाअघि लन्डनको वेम्बली एरिनाबाट सुरु भएको नेपथ्यको युरोप यात्रा सम्पन्न हुनेछ ।

युरोपका सबै कन्सर्टमा जस्तै बेल्जियममा पनि दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रन्ध मिलाइएको  । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

 फोटोहरु: दिपित राज / नेपालय