१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित
अ अ+ अ-

काठमाडौं । एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ। संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर(घरमा खटिएको छ।

सीमावर्ती सहर नेपालगन्जमा हालसम्म १६ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण महाशाखाबाट हेमन्त ओझा, प्रदीप रिमालसहितको टोली परिचालन भएको छ। त्यस्तै, मन्त्रालयबाट यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली खटिएको छ। प्रदेश ५ बाट पनि टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमितमध्ये १५ जना एउटै टोलका भएकाले संक्रमण अन्यमा पनि भएको आशंका छ। उनले भने, ‘एउटै टोलमा धेरै संख्या देखिएको र आवतजावत गरेको पाइएकाले अलि जोखिमयुक्त मानिएको छ।’

नेपालगन्ज उपमहानगरपालिका भित्रको जोलहानपुर्वाका बासिन्दामा बढी संक्रमण पाइएको हो। संक्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको परीक्षण हुने क्रममा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार मुलुकभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा बसेका छन। जसमध्ये प्रदेश नं ५ मा झन्डै आधा व्यक्ति क्वारेन्टाइनमा बसेका छन्। प्रवक्ता डा. देवकोटाका अनुसार यस प्रदेशमा ९ हजार ९ सय ५३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन्।

संक्रमित कहाँरकति ?

मुलुकभर हालसम्म संक्रमितको संख्या ७५ छ। संक्रमितमध्ये पुरुष ५८ र महिला १७ जना छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, २ मा १३ र बागमती प्रदेशमा ७ जना छन्।

त्यस्तै, गण्डकी प्रदेशमा २ र ५ मा १७ र सुदूरपश्चिममा ५ जना संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा हालसम्म संक्रमित फेला परेका छैनन्। जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। उपचाररत संक्रमितको संख्या ५९ छ। विराटनगरमा ३१, नेपालगन्जमा १६, वीरगन्जमा ९, धनगढीमा १, भरतपुरमा १ र रुपन्देहीमा १ जना छन्। सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रवक्ता डा । देवकोटाले जानकारी दिए। आइसोलेसनमा बसिरहेका सम्भावित संक्रमितको संख्या १ सय ६ जना रहेको छ। अन्नपुर्णपोष्ट दैनिक