७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

सोह्र अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

सोह्र अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरीब बल, नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई  जिम्मेवारीबाट हटाइएको छ ।

एक सशस्त्र प्रहरी उपरीक्षक, एक सशस्त्र प्रहरी नायव उपरीक्षक, सात सशस्त्र प्रहरी निरीक्षक, ५ सशस्त्र प्रहरी नायव निरीक्षक, एक सहायक निरीक्षकसहितलाई कमान्डको जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ ।

यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेशसुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमङ्गलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्द, बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द, बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहनराम महर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तसमेतलाई जिम्मेवारीबाट हटाइएको उहाँले जानकारी दिनुभयो ।

सीमा ईलाकामा कार्यरत कमाण्डरमाथि मुख्यालयबाट समेत सुक्ष्म रूपमा निगरानी बढाइएको छ । सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृत यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारवाहीमा परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरूपमा निगरानी बढाएको छ । गण, गुल्म तथा बिओपि कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । रासस