१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

अबको ‘लकडाउन’ केही लचिलो हुने संकेत, मोडालिटी बनाउने जिम्मा तीन मन्त्रालयलाई

अबको ‘लकडाउन’ केही लचिलो हुने संकेत, मोडालिटी बनाउने जिम्मा तीन मन्त्रालयलाई
अ अ+ अ-

काठमाडौं । सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए।

छलफल जारी रहेको र मंगलबार पुनः छलफल गरी अबको लकडाउनको मोडालिटीको स्वरुपको मस्यौदा तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा लगेर निर्णयमा पुगिने विडारीले बताए। ‘कोरोना संक्रमणको परीक्षण उल्लेख्य मात्रामा भइरहेको छ। यद्यपी, तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको छ। लकडाउनपछिको आर्थिक अवस्थालाई पनि हेर्ने र रोगलाई पनि कावुमा राख्न के गर्ने भन्नेमा समीक्षात्मक बैठक जारी छ’, विडारीले भने, ‘अहिलेसम्म गरेको प्रयास सही दिशामा छन्। अझै पनि दुई दिन प्रदेश र स्थानीय तह, सुरक्षा निकायबाट पनि रिपोर्ट लिने र कसरी जाने भन्नेमा वर्कआउट गरी एउटा मस्यौदा तयार पार्ने अभ्यास जारी छ।’

लकडाउनको अवधि २५ वैशाखसम्म छ। सरकारले अब लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै ग्रीन जोन, रेड जोन, एल्लो जाने गरी तीन समूहमा देशका भूभागलाई विभाजन गर्ने र क्रमशः लकडाउन खुकुलो पार्दै जाने गरी समीक्षात्मक बैठकमा छलफल भइरहेको समितिमा रहेका एक मन्त्रीले बताए। उनका अनुसार, गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समन्वय गरी मोडालिटी के(कस्तो बनाउने भन्नेमा खाका तयार पार्ने जिम्मा सोमबारको बैठकले दिएको छ। बैठक पुनः मंगलबार बस्ने र त्यसमा तीन मन्त्रालयको सुझावबारे उच्चस्तरीय समितिमा छलफल हुनेछ।

सोमबारको समिति छलफल काठमाडौंमा भने जनसंख्या ठूलो रहेको, परीक्षण कम देखिएकोले तत्काल खोलेर जान नहुनेमा मन्त्रीहरुले छलफल गरेका छन्। अहिलेसम्मका प्रयास काठमाडौंसहितका देशभरमै सन्तोषजनक देखिए पनि काठमाडौंमा तत्काल नखोल्ने तर अन्य स्थानमा भने त्यहाँको अवस्थालाई हेरेर केही खुकुलो बनाएर जान सकिनेमा समिति बैठकमा छलफल भएको थियो। अन्नपुर्णपोष्ट दैनिक