५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानिसमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारक



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु स्वास्थ्यका लागि हानिकारिक भएको बताएको छ । पछिल्ला दिनमा मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किने क्रम बढेको भन्दै मन्त्रालयले यस्तो कार्य नगर्न भनेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने स्पष्ट पारे । उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताउदै भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्ने जानकारी दिए । ‘शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानी पु¥याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुन्छ’, प्रवक्ता देवकोटाको भनाइ छ ।

सोमबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले किटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुइँ, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतह मात्रै निःसंक्रमण हुने जानकारी दिए । उनले भाइरसबाट बँच्न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने सुझाए । सौर्य दैनिक