२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’



कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : रबिन्द्र प्रताप गुप्ता/रासस
अ+ अ-

रुपन्देही। कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आफू मन्त्री बनिसकेपछि पटकपटक मन्त्रिपरिषद्मा यो विषय राखेको बताउनुभयो । उहाँले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो ।

“नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउँछ ।” उहाँले आफू केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने जनाउनुभयो ।

मन्त्री अधिकारीले गत वर्ष रु २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकामा यस वर्ष त्यसलाई बढाएर करिब रु २९ अर्ब पुर्याइएको जानकारी दिनुभयो । “वर्तमान समयमा १३ लाख टन मलको आवश्यकता छ । तर, हाम्रो बजेटले करिब साढे चार लाख टन धान्न सक्छ । चारको सट्टा आठ पुर्याउन सकियो भने पर्याप्त दिन नसके पनि अहिलेको तुलनामा केही बढी हुन्छ”, उहाँले भन्नुभयो ।

पूर्वदेखि पश्चिमसम्म पुग्दा पर्याप्त मल पाएनौँ भन्ने एउटै गुनासो आइरहेको बताउँदै मन्त्री अधिकारीले समस्या समाधानमा सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा उहाँले रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।
रासस