२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ’



अ+ अ-

चितवन। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज चितवन उद्योग सङ्घको ३४औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजना मात्र अघि सारिनेछ ।”

प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले उद्योगी तथा व्यवसायीलाई गरी खाने अवसर सिर्जना गरी उहाँहरूको योगदानलाई महत्त्वका साथ कदर गरिने उल्लेख गर्नुभयो ।

बागमती प्रदेशको समग्र विकास गर्दै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउनु, शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गर्नुभयो । यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिएको उहाँको भनाइ छ ।

सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले महिला उद्योगीलाई व्यवसायमा संलग्न हुन आग्रह गर्दै कृषि र उद्योगलाई सरकारी योजनामा जोड्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।रासस