३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य प्रतितोला रु ६०० ले बढ्यो



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । 

अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ८०० तोकिएको छ । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम गरिएको छ । मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।