७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मन्त्री दाहालद्वारा एसियाली राजमार्गको अनुगमन

मन्त्री दाहालद्वारा एसियाली राजमार्गको अनुगमन
फाइल फोटो
अ+ अ-

झापा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज काँकडभिट्टा–लौकही सडक योजनाको (पूर्वी खण्ड) मा भइरहेको पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिको अनुगमन गर्नुभएको छ ।

मन्त्री दाहालले मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा राजमार्गको स्तरोन्नतिका क्रममा देखापरेका समस्या र जनताका मागलाई व्यावहारिक रुपमा समाधान गरिने बताउनुभयो । सो अवसरमा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बूढाथोकीले पूर्वीनाका काँकडभिट्टादेखि प्यारीभिट्टा बसपार्कसम्म ६ लेन सडक विस्तार गरिनुपर्नेलगायत सातबुँदे मागपत्र बुझाउनुभएको थियो ।

नगरप्रमुख बूढाथोकीले पूर्वीद्वार काँकडभिट्टामा प्रसिद्ध साहित्यकार गोपाल योञ्जनको सालिक राख्न र घण्टाघर बनाउन राजमार्ग छेउमै स्थान उपलब्ध गराइदिन माग गर्नुभएको छ । यसैगरी, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्र महतराले विर्तामोडको मुक्ति चोकमा रहेको ऐतिहासिक जनान्दोलन स्तम्भलाई राजमार्ग विस्तारका क्रममा हटाउँदा राजमार्गकै कुनै छेउमा सो स्तम्भलाई राख्ने स्थान उपलब्ध गराइदिन माग गर्नुभयो ।

दमक, मेचीनगर, कनकाई र पथरी क्षेत्रबाट राजमार्ग विस्तारका लागि बनाइएको डिजाइनमा थोरै फेरबदल गरेर व्यावहारिक बनाउन मन्त्री दाहालसमक्ष माग गरिएको थियो । मन्त्री दाहालले आजै दमकस्थित नवनिर्मित काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री दाहालले सडक विस्तारको काम निर्धारित समयमै सम्पन्न गरिसक्न निर्देशन दिनुभयो ।

आयोजनाका प्रमुख सुनिलबाबु पन्तका अनुसार उक्त कार्यालय भवन रु आठ करोड सात लाखको लागतमा निर्माण भएको हो । आयोजनाको काम सम्पन्न भएपछि उक्त भवन सडक विभागलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सडक विभागका महानिर्देशक डा विजय जैसी, एसियाली विकास बैंक (एडिबी) परियोजना प्रमुख चूँडाराज ढकाल, आयोजना प्रमुख सुनीलबाबु पन्तलगायतको उपस्थिति रहेको थियो ।

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरलाई पूर्वीखण्ड मानेर सडकलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । निर्माणको ठेक्का एब्रास्कन कालिका जेभीले लिएको छ । रासस