२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित



अ+ अ-

जनकपुरधाम। प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।

आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिनुभएको थियो ।

प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्नुभयो । उहाँले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताउनुभयो ।

“सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्रै थियो । तर, प्रतिपक्षको अवरुद्धपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३०५ पृष्ठको बजेट ल्याएको भेटियो, प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित भएको छ”, उहाँले भन्नुभयो ।

त्यसपछि सभामुख मण्डलले प्रदेशसभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने घोषणा गर्नुभयो । बैठक जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गर्नुभएको हो ।रासस