१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काठमाडौंका अगुवा कार्यकर्तासँगको भेटमा ओलीले के भने ?

काठमाडौंका अगुवा कार्यकर्तासँगको भेटमा ओलीले के भने ?
अ अ+ अ-

काठमाडौं, भदाै १२। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका अगुवा कार्यकर्तासँगको भेट गरी लामो छलफल गर्नु भएको छ ।

भेटका क्रममा पार्टी फुटाउने प्रवृत्ति, सुगठनविरुद्ध भ्रम फैलाउने गतिविधि र आन्दोलन विरोधीलाई सहयोग गर्ने प्रयासका विरुद्ध कठोर हुने बताउनुभएको छ । उहाँले विगतदेखि वर्तमानसम्मका अनुभवहरू कार्यकर्तालाई सुनाउँदै पार्टीलाई अझ सुदृढ बनाउन सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

भेटमा ओलीले २०५४ मा तत्कालीन नेता बामदेव गौतमले पार्टी फुटाएको घटनाले एमालेलाई गम्भीर सङ्कटमा पुर्‍याएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो समयमा हाम्रो पार्टी दुईतिहाइ मत ल्याउने अवस्थामा थियो, तर बामदेवले पार्टी फुटाए, त्यसपछि एकले अर्कालाई निष्कासन गर्दै अघि बढ्नुपर्‍यो र अहिलेको पार्टी निर्माण भयो, यो आजसम्मको यात्रामा हामीलाई धेरै संघर्ष गर्नुपर्‍यो, परिणामस्वरूप एमाले अझ बलियो बनेको छ ।’

अहिले पनि कतिपय व्यक्तिहरू पार्टीभित्रै वा पार्टीसँग सम्बन्धित भएर विभिन्न असम्भव क्रियाकलाप गरिरहेको ओलीले बताउनुभयो । विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि लक्षित गर्दै उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपति भएको व्यक्तिले असभ्य गतिविधि गर्नुहुँदैन, पार्टीविरुद्ध बोल्नेहरूलाई भेला गरेर हिँडिरहनु भएको छ, यसरी पार्टीविरुद्ध सक्रिय हुने प्रवृत्ति दीर्घकालमा हानिकारक हुन्छ ।’

ओलीले सदस्यता विवादसम्बन्धी उठेका प्रश्नलाई पनि सम्बोधन गर्नुभयो । उहाँले कार्यकर्तालाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘च्यासलले सदस्यता खायो भन्ने हल्ला छ, तर सदस्यता खाएको होइन, पार्टीमा निवेदन दिइएको छैन, प्रक्रिया मिलेको छैन, सदस्यता नवीकरण पनि व्यक्तिगत इच्छाले हुने होइन, पार्टीको निर्णयले मात्र हुन्छ ।’

उहाँले बालुवाटारको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमै भेट भयो ।’

राजनीतिमा मर्यादा कायम राख्नुपर्ने कुरामा जोड दिँदै ओलीले पूर्वराष्ट्रपतिलाई लक्षित गर्दै थप भन्नुभयो, ‘राजनीतिमा आउनु हुँदैन भन्ने कुरा संविधानले पनि भन्छ, पूर्वराष्ट्रपतिले प्रोटोकल हेरेर मात्र प्रतिष्ठा बनाउन खोज्नु हुँदैन, उहाँलाई मैले सम्मान गरेको छु, तर पार्टीविरुद्ध भेला गरेर हिँड्नु असभ्य काम हो, यसरी असभ्य गतिविधि गर्ने परिपाटीले पार्टीलाई मात्र होइन, देशलाई पनि नोक्सानी गर्छ ।’

ओलीले विद्यादेवी भण्डारीसँग जोडिएका विवाद र जबज विचारप्रति उठेका प्रश्नको स्पष्ट जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘जबज परिवारको सम्पत्ति होइन, जबजलाई कुनै व्यक्तिले आफ्नो सम्पत्ति भनेर प्रस्तुत गर्न मिल्दैन, जबज इतिहास हो, नीति हो, यसलाई फाउण्डेशनले मात्र बचाउँछ भन्ने सोच गलत हो, जबजलाई पार्टीले, आन्दोलनले बचाउँछ ।’

उहाँले पुर्वराष्ट्रपति देशको अभिभावक भएकोले सबैले सम्मान गर्नु पर्ने बताउनुभयो । ‘उहाँलाई सम्मान गर्नुपर्छ तर नउचालौँ, आन्दोलन बचाउनु पर्छ, व्यक्ति ठुलो होइन, पार्टी पक्षमा नभएका व्यक्तिहरूलाई भेला गरेर हिँड्नु र आन्दोलनलाई कमजोर पार्नु गलत हो ।’

भेटमा ओलीले पछिल्लो समयमा आफूमाथि गरिएको व्यक्तिगत आक्षेपबारे पनि असन्तोष पोख्नुभयो । उहाँले भन्नुभयो, ‘चक्रपथमा मलाई जथाभाबी लेखाउने काम भयो ।’

ईश्वर पोखरेलजस्ता नेतासमेत बाटो बिराएर हिँडेका भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कर्ण थापाले विधानबारे गलत कुरा गरेको पनि उहाँले बताउनुभयो । पत्रकारले सदस्यता दिने झैँ गरी हल्ला फैलाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘यसरी पार्टीलाई कमजोर बनाउन खोज्ने काम सह्यै हुँदैन’, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

आलीले आफ्नो राजनीतिक यात्रामा सहयोग गरेका व्यक्तिहरूको प्रसङ्गसमेत स्मरण गर्नुभयो । उहाँले आफू एक्लै अहिलेको ठाउँमा नआइपुगेको बताउनुभयो । ‘ मैले धेरै संघर्ष गरेर आजको नेतृत्व सम्हालेको हुँ, म एक्लो होइन, मदन भण्डारीसँग सहकार्यमै थिएँ, आन्दोलनलाई पार्टीले अगाडि बढाएको हो, तर कतिपयले यो देख्दैनन्, बरु विरोधीलाई सहयोग गर्छन्,’ उहाँले भन्नुभयो ।

ओलीले विद्यादेवी भण्डारीको सम्भावित अध्यक्षताको चर्चा निराधार रहेको बताउनुभयो । ‘लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीकै सम्भावना छैन, उहाँलाई अध्यक्ष दिन सकिन्न, मैले उहाँलाई भन्दा बढी सम्मान अरूलाई गरेको छैन होला, उहाँलाई साथ दिँदा म अपमानित हुनुपरेको छ’, ओलीले भन्नुभयो ।

राष्ट्रियता विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्दै राष्ट्रयतालाई राजनीतिको विषय बनाउनु नहुने बताउनुभयो । ओलीले भन्नुभयो, ‘हामी राष्ट्रियताको बारेमा राजनीति गर्दैनौँ, यही हाम्रो पार्टीको विशेषता हो ।’

उहाँले रवि लामिछानेलाई आफूले राजनीतिक रूपमा उदाएका दिनदेखि साथ दिएको बताउनुभयो । अहिले लामिछाने आफ्नै कर्मले जेले पुगेका उहाँले स्पष्ट पार्नुभयो ।

राजेन्द्र लिङ्देनलाई झापामा जिताउन एमालेले सहयोग गरेको उदाहरण दिँदै उहाँले अन्य दलहरूसँगको व्यवहारिक सम्बन्धबारे कार्यकर्तालाई सम्झाउनुभयो । उहाँले लिङ्देनलाई अब झापामा चुनाव जितेर देखाउन पनि चुनौती दिनुभयो ।

जबज विचारलाई व्यक्तिगत वा पारिवारिक सम्पत्ति नठान्न ओलीले आग्रह गर्नुभयो । ‘जबज परिवारको सम्पत्ति होइन, सामूहिक आन्दोलनको विचार हो, जबजलाई व्यक्तिगत महत्त्वाकाङ्क्षा र फाउण्डेशनमा मात्र सीमित पार्न खोज्नु गलत हो, जबजलाई पार्टीले, आन्दोलनले बचाउँछ, इतिहासमा यसले आफ्नो स्थान पाउनेछ’, उहाँले भन्नुभयो ।

उहाँले आउँदो विधान अधिवेशनलाई ‘एकताको अधिवेशन’ हुने दाबी पनि गर्नुभयो । ‘एक दिन दस्ताबेज प्रस्तुत गर्ने, अर्को दिन छलफल गर्ने र अन्तिम दिन समापन गर्ने गरी विधान अधिवेशन सम्पन्न हुन्छ, यदि यसरी एकता सम्भव भएन भने महाधिवेशनमा हिसाबकिताब गरिन्छ, विधान अधिवेशनमा कुनै प्रकारको विभाजन होइन, एकताको बाटो रोजिनुपर्छ’, उहाँले भन्नुभयो ।

ओलीले कार्यकाल र उमेरबारे उठेका प्रश्नलाई पनि सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, ‘साथीहरूको आम चाहना र समयको मागलाई हेर्दा ७० वर्ष वा कार्यकाल सीमाबारे अहिले कुनै आवश्यकता छैन, जबसम्म पार्टीलाई नेतृत्व आवश्यक छ र कार्यकर्ताले विश्वास गर्छन्, तबसम्म म जिम्मेवारीबाट पछि हट्दिनँ ।’

भेटमा ओलीले आफ्ना राजनीतिक अनुभव र भविष्यप्रतिको दृष्टिकोण पनि प्रस्तुत पार्नुभयो । उहाँले भन्नुभयो, ‘म सपनामा छु कि जस्तै लाग्छ, संघर्षको लामो यात्राबाट हामी यहाँ पुगेका छौँ, आ-आफ्नो योग्यता र योगदानका कारण हामीले आजको पार्टी निर्माण गरेका छौँ, मेरो भन्दा पनि मदन भण्डारीको योगदान ठुलो थियो, तर म उहाँसँग सहकार्यमै थिएँ, त्यसैले आन्दोलन र संगठन हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो ।’

ओलीले व्यक्ति होइन, आन्दोलन ठुलो भएको स्पष्ट पार्नुभयो । ‘आन्दोलनलाई कमजोर बनाउन खोज्नेहरूलाई पार्टीले कहिल्यै स्वीकार गर्दैन, सहिबिचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यो इतिहासकै रूपमा आउँछ, एमालेलाई कमजोर बनाउन खोज्नेहरू सफल हुने छैनन्, विधान अधिवेशन हाम्रो एकताको अधिवेशन हुनेछ, नत्र महाधिवेशनमा हिसाबकिताब हुनेछ, पार्टीप्रति आम कार्यकर्ताको चाहना यही हो’, उहाँले भन्नुभयो ।