२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई पीए नेपालको जवाफ : बालबालिका अध्ययनमै छन्



अ+ अ-

काठमाडौं। उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित संस्था बन्दी सहायता नेपाल (पीए नेपाल) ले नेपाल बाल मन्दिरबाट लगेका बालबालिकाबारे प्रहरीले मागेको विवरणमा ती बालबालिका हाल अध्ययनरत रहेको जानकारी दिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार पीए नेपाललाई पत्र पठाई बालबालिकाको अवस्थाबारे स्पष्टिकरण मागेको थियो । त्यसको जवाफ मंगलबार संस्थाले पठाउँदै बालबालिका कक्षा १२ र स्नातक तहमा अध्ययन गरिरहेको उल्लेख गरेको ब्यूरो प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

उनका अनुसार संस्थाले पठाएको विवरणलाई आधार मानेर अझै छानबिन अघि बढाइने छ । ‘उनीहरूले भनेजस्तो वास्तवमै बालबालिका पढिरहेका छन् वा छैनन् भन्ने कुरा हामीले पुष्टि गर्नुपर्ने हुन्छ,’ पंगेनीले स्पष्ट पारे ।

राना मगर तत्कालीन अध्यक्ष रहेको काठमाडौं सिफलस्थित पीए नेपालको बालगृहबाट पाँच बालबालिका लगिएको र उनीहरू फिर्ता नआएको विषय सार्वजनिक भएपछि प्रहरी अनुसन्धान अघि बढाइएको हो ।