५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकहरूको अधिकार संरक्षणका निरन्तर क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री सिंह



अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकहरूको अधिकार संरक्षणमा कुनै कमजोरी हुन नदिन विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

मलेसियास्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेर नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्ने श्रमिकको अधिकारका लागि दूतावासले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार विशेषगरी मलेसियामा नेपाली सेक्युरिटी गार्डहरूमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ ।

यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली राजदूत डा नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस